Why SBCB Group
सम्बृद्ध अभियान किन ?
आम नेपाली समुदायलाई हालको चरम पूजिबादी प्रतिष्पर्धा एवं आकस्मिक दैबि प्रकोपको कारण बजारबाट बिस्थापन हुनबाट वचाई दिर्घकाल सम्म जो जहां जे गरिरहेका छन् त्यसलाई साझा बजारको रुपमा बिकसित गरि एक अर्काको परिपुरक बनाई जोड्ने माध्ययमको रुपमा सम्बृद्ध गुप प्रस्तुत भएको छ । आ–आफ्नो शिप, दक्षता, पेशा, श्रम, सेवामुलक कार्य, ब्यापार, ब्यवसाय, उद्योग, स्थानीय पसल, स्थानीय उत्पादन, पसल तथा श्रोत साधन जस्तै सवारी साधनहरु साना, मझौला, ठुला पसल, कलकारखाना आदि हाम्रो मल्टि भेण्डर एपमा दर्ता गरि साझा बजार निर्माण गर्न सकिन्छ । यस सम्बृद्ध सामुदायिक बजारमा उपभोक्ता देखि ब्यक्तिगत तथा संस्थागत ब्यवसायिहरु सबै एकै ठाउमा आफ्ना आवस्यकताका बस्तु तथा सेवा उपलब्ध गराउने तथा उपभोग (खरिद बिक्रि) गर्न सक्ने बृहद् बजार भित्र प्रसस्त रोजगारी श्रृजना भई स्वदेश भित्रै स्वदेशकै श्रम, सेवा र उत्पादनको अत्यधिक माग तथा खपत हुने बातवरण श्रृजना भई आम नागरिकको आयस्तर बृद्धि भई राष्ट स्वावलम्बि अर्थतन्त्र निर्माण तर्फ अग्रसर हुनेछ ।
ईकमर्शमा आधारित मल्टि भेण्डर एपमा अत्यधिक नेपाली तथा गैर नेपाली समुदायको उत्साहजनक सहभागिताले एउटा ठुलो सम्भावना सहितको बजार निर्माण गर्नेछ जस भित्र बिद्यार्थी देखि पेशाकर्मि, ब्यापारी, उद्यमी, उद्योगपति सम्मले आ–आफ्ने अनुकुल समयमा फुल टाईम, र्पाट टाईम वा एक दुई घण्टा वा आवस्यकता अनुसार बढि कार्य गरि आम्दानी गर्न सक्नेछन् । सम्वृद्ध समुदाय भित्र कुनै कारणवश कहिं कतै कसैको ब्यक्तिगत पेशा, ब्यापार, ब्यवसाय, उघोग संकटमा पर्दा समुदाय भित्रका अन्य ब्यवसायीहरुबाट भैरहेको नाफाको लाभांसबाट ब्यवसाय पुनः खडा गरि अगाडी बढ्न सकिने गरि सम्बृद्ध ब्यवसायिक परियोजनाको परिकल्पना गरिएकोले सबै सधैकालागी सुरक्षित ढंगबाट निरन्तर पेशा ब्यवसाय ब्यापार वा अन्य सेवामुलक कार्यमा संलग्न हुन सक्ने बातावरण सुनिश्चित गरिएको छ । यस सम्बृद्ध समुदायमा आबद्ध भई बढि लाभ लिन कालागी ६ हजार देखि १६ हजार सम्म को सदस्यता लिई सम्र्पूण सदस्यले आ–आफ्नो शिप, दक्षता, पेशा, श्रम, सेवामुलक कार्य, ब्यापार, ब्यवसाय, उद्योग, स्थानीय पसल, स्थानीय उत्पादन, तथा श्रोत साधन जस्तै सवारी साधनहरु साना, मझौला, ठुला पसल, कलकारखाना आदि ब्यवसाय वाट भएको आम्दानीमा समेत सहभागी हुने अवसर सबैकालागी सधै खुल्ला गरिएको छ ।